दाङ ।
दाङमा यो वर्ष साढे चार लाख बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले जिल्लाका तुलसीपुर, घोराही , लमही भालुवाङ र गढवाका विभिन्न स्थानमा पछिल्लो तीन महिनाको अवधिमा चार लाख बिरुवा रोपेको हो ।
डिभिजन वन कार्यालय दाङका वन अधिकृत दीपक ज्ञवालीका अनुसार ती बिरुवामध्ये केही व्यक्तिले आ–आफ्ना निजी जग्गामा रोपेका छन् भने धेरै बिरुवा अभियानकै रुपमा सार्वजनिक स्थल तथा बगर क्षेत्रमा रोपिएका हुन् ।
त्यसैगरी स्थानीय सामुदायिक वन समूहसँग समन्वय गरेर स्थानीय सरकारका प्रतिनिधि, सुरक्षा निकाय, नागरिकहरुको सहभागितामा वृक्षरोपण गरिएको पनि वन अधिकृत दीपक ज्ञवालीले जानकारी दिए । उनका अनुसार यस वर्ष ६० बिघा क्षेत्रफलमा बिरुवा रोपिएको छ जसमा तुलसीपुर क्षेत्रमा बीस बिघा, घोराहीमा ३० बिघामा वृक्षरोपण गरिएको हो । अन्य लमही क्षेत्रको जमिनमा रोपिएको छ ।
त्यसैगरी सडक, किनारा, मठमन्दिर लगायतका सार्वजनिक क्षेत्रमा पनि बिरुवा रोपिएको छ । वृक्षरोपण गरिएका खुल्ला ठाउँहरुमा बिरुवा जोगाउन चुनौतीसमेत रहेको छ । कार्यालयले ती ठाउँहरुमा तारबार गर्ने बिरुवालाई जाली लगाउने जनाएको छ ।
वन डिभिजन कार्यालयले अमला, बकाइनो, खयर सिसौ, मसला, टिक, टटेलो, आँप र बाँसका बिरुवा १० लाखभन्दा बढी उत्पादन गरी किसानहरुलाई निःशुल्क प्रदान गर्दै आएको छ । बिरुवा आवश्यक परे सम्बन्धित स्थानमा रहेका वन डिभिजन कार्यालयमा सम्पर्क राख्नसमेत अनुरोध गरेको छ । रासस
प्रतिक्रिया