१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

दोर्दी खोलामा बाढीः ज्यान गुमाएका चार जनाको पहिचान खुल्यो, बेपत्ताको खोजी कार्य जारी



लमजुङ ।
दोर्दी खोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा ज्यान गुमाएका चार जनाको सनाखत भएको प्रहरीले जनाएको छ । बुधबार बेलुकी दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्यूत आयोजनाको बाँध भत्किँदा सप्तरीको सप्तकोशी– ८ का भुवनेश्वर चौधरी, बाराका शहीद अन्सारी, पर्साका शिवधनी चौधरी र डडेल्धुरा आलीताल–६ का रमेश बुढाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार बाराका ज्ञानेन्द्र चौधरी, लम्जुङका विनोद तामाङ, सर्लाहीका सुरेन्द्र चौधरी, डडेल्धुराका करन बुढा, कन्चनपुरका दोषबहादुर कोली र भोजपुरका दिवस कटुवालको अवस्था थाहा हुन सकेको छैन ।

उनीहरु सबैजना दोर्दी खोला जलविद्युत आयोजनाका कामदार हुन् । उनीहरुको नेपाली सेना, प्रहरी र स्थानीयबासिन्दाले खोजी गरिरहेका छन् ।

ठूलो पहिरो आएर थुनिएको दोर्दी खोला एकैपटक खुलेपछि बाढी आएको अनुमान गरिएको छ । बाढीका कारण दोर्दी कोरिडरमा निर्माणाधीन जलविद्युत आयोजनाका सामान पनि बगाएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  १ : ४१ बजे