काठमाडौं ।
गएको सिजनमा कमजोर प्रदर्शन गर्दै उपाधि बिहीन भएको स्पेनिस महारथि रियल मड्रिड यो सिजनको सरुवा बजार सकिन १५ दिनमात्रै बाँकी रहँदा पनि टिममा नयाँ खेलाडी अनुवन्ध गर्ने लक्ष्यमा रहेको छ । यतिबेला रियलका प्रशिक्षक जिनेदिन जिदान इङ्ग्लिस प्रिमियर लिग क्ल्ब म्यान्चेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्वालाई टिममा भित्र्याउने योजनमा छन् ।
यो सिजनमा उनले ल्याउन लागेको दोस्रो ठूलो नाम हो । यसअघि रियलले चेल्सीका स्टाइकर इडन हजार्डलाई टिममा भित्रेयाएका थिए ।
यतिबेला रियललाई पोग्वालाई टिममा ल्याउनु छ भने उसले युनाइटेडले मागेको जति ठूलो रकम तिर्न तयार हुनु पर्नेछ । यतिबेला युनाइटेडले विश्व विजेता खेलाडीका लागि १सय८० मिलियन यरोको माग राखेको छ तर, रियलका अध्यक्ष फ्लोरेन्टिन्हो परेज पोग्वा बाट नै रकममा केही छुट खोजिरहेका छन् । जसले तीनवटै पक्षलाई सहज हुनेछ ।
सरुवा बारे शान्त रहेका पोग्वाले यो सिजनको सुरुवात मै नयाँ चुनौति सामना गर्न तयार रहेको बताइसकेका छन् । रियलका प्रशिक्षक जिदान पोग्वाका समर्थक हुन भन्ने कुरा लुकेको छैन् । तर, उनका लागि पोग्वालाई भित्र्याउन पनि निकै कठिनाइ छ ।
प्रतिक्रिया