काठमाडौं ।
प्रहरीले निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरललाई खोजी कार्य जारी राखेको जनाएको छ । बुधबार जिल्ला अदालत, काठमाडौंले बहुविवाहसम्बन्धी कसुरका आधारमा अनुसन्धान गर्न प्रकाउ पुर्जी जारी गरेसँगै उनीहलाई प्रहरीले खोजी गरिरहेको छ ।
निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले दिएको जाहेरीका आधारमा महिला सेल, कालीमाटीले अनुसन्धान थालेको थियो ।
काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले अहिलेसम्म छविराज र शिल्पा सम्पर्कमा नआएको बताए । ‘प्रक्रियामा गएका छौँ, खोजी भइरहेको छ,’ उनले भने ।
नायिका शिल्पा पोखरेल र छविराजविरुद्ध हेमाले बहुविवाहको उजुरी हालेकी थिइन् । प्रहरीमा उजुरी परेपछि छवि र शिल्पा दुवै सम्पर्कमा आएका छैनन् ।
शिल्पा र छविराज ओझा झण्डै ३ वर्ष प्रेमसम्बन्धमा रहेका थिए । नायिका रेखा थापासँग डिभोर्स गरेका छविराज ओझाले शिल्पा पोखरेललाई आफ्नी प्रेमिका बनाएका थिए । उमेरका हिसाबले शिल्पा २५ वर्ष पुगिन् भने छविराज ५५ वर्ष पुगे । अब छविराजले बिहे नगर्ने बताएका छन् ।
छविराजका अनुसार शिल्पाले उनीसँग दोस्रो बिहे गरेकी हुन् । यस अर्थमा शिल्पाले पनि २५ वर्षकै उमेरमा दोस्रो बिहे गरेकी छिन् । र, उनी छविराजसँग डिभोर्स दिने प्रकियामा थिइन् ।
९ श्रावण २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया