काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक फेरि स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक नेताहरुबिच सहमति बन्न नसकेपछि स्थागित भएको हो ।
पार्टीको वैचारिक विषयसँग सम्बन्धी स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा मंगलबारका लागि बोलाइएको बैठक स्थगित गरेर बिहीबारका लागि डाकिएको थियो ।
स्कूल विभागको नेतृत्वमा विशेष गरी ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठको दाबी रहेको छ । दुवै नेताले आफ्नो अडान नछोड्दा एकता प्रक्रियाले नै पूर्णता पाउन सकेको छैन ।
पूर्व एमालेका तर्फबाट पोखरेल र पूर्व माओवादीका तर्फबाट श्रेष्ठको दाबेदारी छ । एकता प्रक्रियाको अन्तिम चरणमा रहेको भनिए पनि स्कूल विभागको नेतृत्व विवादले नेकपालाई समस्यामा पारेको छ।
९ श्रावण २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया