५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

कपिलवस्तु नगरपालिकाको विवाद अदालतमा पुग्यो



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिकाको विवाद अदालतसम्म पुगेको छ । नगरपालिकाकी उप प्रमुख लक्ष्मी गुप्ताले पाचौं नगर सभामा आफ्नो असहमती हुँदा जवरजस्ती नगर सभा गराएको भन्दै नगरपालिका, नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत लगायतलाई विपक्षी बनाएर मुद्धा दायर गर्नुभएको छ ।
उच्च अदालत तुल्सीपुर, बुटवल इजलासमा दायर गरिएको मुद्धा उपर अदालतले साउन १५ गतेका लागि दुवै पक्षलाई बोलाएर छलफलका लागि पेशी तोकेको छ । विगत केही महिना देखि कपिलवस्तु नगरपालिकामा नगर प्रमुख र नगर उप प्रमुख बीच क्षेत्राधिकारमा द्धन्द्ध चर्किएको छ । नगर प्रमुख किरण सिंहले आफुलाई संविधानले दिएको विशेष अधिकारलाई मिचेर अगाडी बढेको उप प्रमुख गुप्ताको आरोप छ ।
स्थानीय सरकार संञ्चालन ऐन २०७४ को दफा ६७ मा बजेट तथा कार्यक्रम तर्जुमा समितिको संयोजक उपमेयर वा उपाध्यक्ष हुनुपर्ने कानुनी व्यवस्था छ । तर, सोही दफामा उल्लेख गरिएका कार्यमा नगर प्रमुखले हस्तक्षेपकारी भूमिका खेलेको भन्दै उप प्रमुख गुप्ताले असन्तुष्टि जनाउदै आउनुभएको थियो ।
नगरपालिकाको पाचौं नगर सभामा उप प्रमुख गुप्ताले असमती जनाउँदा जनाउँदै नगर प्रमुख सिंहले जवरजस्ती नीति, कार्यक्रम तथा बजेट पास गरेपछि विवाद झन उत्कर्षमा पुगेको हो । योजना तर्जुमा समितिको संयोजक समेत रहनुभएकी गुप्तालाई कुनै छलफल नगरि नगर प्रमुख सिंहले बजेट बनाएको उप प्रमुख इतरका जनप्रतिनिधिको आरोप छ ।
योजना तर्जुमा समिति मै विमति राख्दै आउनुभएकी उप प्रमुखले नगर कार्यपालिका बैठक, नीति तथा कार्यक्रम र बजेट सहितको कार्यक्रम बहिस्कार गर्नुभएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  ८ : ५५ बजे