१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

प्रतिष्ठान कपिलवस्तुको अध्यक्षमा पुनः अधिकारी



मायादेवी अनलाइन, वाणगंगा ।
लोक तथा दोहोरी गीत संगितकर्मीको आधिकारिक संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिती कपिलवस्तुको पाँचौ जिल्ला अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । जिल्लाको बाणगंगा १ स्थित मायादेवी रिसोर्ट बैरियामा सम्पन्न पाँचौ अधिवेशनबाट आगामी २ वर्षका लागि पुनः थानेश्वर अधिकारीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरिएको हो ।
जसको प्रथम उपाध्यक्षमा महेश घिमिरे, दृतिय उपाध्यक्षमा सन्तोष बि.क, महिला उपाध्यक्षमा शारदा खनाल, सचिवमा शुशिल खत्री, सह सचिव तथा कार्यक्रम संयोजकमा शिव खनाल, कोषाध्यक्षमा सुमन पौडेल, सह कोषाध्यक्षमा वर्षा लम्साल तथा प्रवक्तामा दिपक भण्डारी चयन हुनुभएको छ । अधिवेशनले २३ सदस्यिय नयाँ नेतृत्व सर्वसम्मतले चयन गरेको हो । लामो रस्साकस्सीका विच अन्ततः नेतृत्व सर्वसम्मत चयन गरिएको हो ।
हरेक तीन तीन बर्षमा हुँदै आएको प्रतिष्ठान जिल्ला समितिको अधिवेशनमा बोल्दै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष चन्द्र शर्माले प्रतिष्ठान कपिलवस्तुले गरेको कामको प्रशंसा गर्दै नयाँ कार्य समितिलाई थप सफलताको शुभकामना दिनुभयो ।
आगामी मंसिर ७ र ८ गते पोखरामा हुने केन्द्रिय अधिवेशनका लागि तयारी अवस्थामा हुने उहाँले आग्रह गर्नुभयो । नेपाली लोक, कला र संस्कृतीमा प्रतिष्ठानले महत्वपूर्ण योगदान गरेको उहाँले बताउनुभयो ।
प्रतिष्ठानका महासचिव सुवास के.सी.ले लोक तथा दोहोरी गीतको संरक्षण, सम्वद्र्धन र जगेर्नामा सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । नेपाली लोक संगितलाई मर्यादित बनाउँका लागि सांगेतिक बोर्डको स्थापनाका लागि सरकारसंग पहल भैरहेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठानका प्रदेश नं. ५ का अध्यक्ष डिल्लि नारायण पाण्डे, रुपन्देहीका निवर्तमान अध्यक्ष दिपक गरौजा, प्रतिष्ठान कपिलवस्तुका सल्लाहकार पूर्णचन्द्र परियार, सल्लाहकार छविरेश्मी मगर, लोक गायक दिनेश रन्जन लगायतले बोल्नुभएको थियो । कार्यक्रममा विविध सांस्कृतीक कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  ८ : ३० बजे