शिवलाल सुवेदी, गुल्मी ।
मगंलवार राती सत्यवति गाउँपालिकाको दुई स्थानमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । पहिरोमा वेपत्ता भएकामधये ३ जनाको शव वुधवार साझँ फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक मिन बहादुर घलेले जानकारी दिएका छन । वडा नं ३ को ठुलोलुम्पेकमा पहिरोमा बेपत्ता भएका माया विक र उनका छोरा बवि विकको शव फेला परेको हो भने वडा नम्बर ४ लिम्घामा डेढ बर्षीय बालक सञ्जु विकको शव फेला परेको प्रहरीले जनाएको छ । घटनास्थल ठुलो लुम्पेकमा उद्धारका लागि खटेका शसस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीका अनुसार माया विक र ववि विकको घरको ५० मिटरभन्दा तल शव भेटिएको बताए । मगंलवार विहानैदेखि उद्धार र खोजतलास गरेपनि वल्ल आज साझँ शव फेला परेका हुन रायमाझीले भने“पानी परिरहेकाले उद्धारमा निकै कठिनाई परेपनि सुरक्षा निकाय लागिरहेका छौ ।” लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठुलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो । लिम्घामा अझै सात बर्षीय तारा विक बेपत्ता छन् ।
घाइतेलाई हेलीकप्टर मार्फत काठमाडौ
पहिरोमा घाइते भएका ठुलोलुम्पेकका २ जना घाईतेहरुलाई काठमाडौ पठाइउको छ । सत्यवती गाउँपालिका ३ का करिष्मा तरामु र धनी तरामुलाई दुई दिन पछि हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको हो । उनीहरुलाई परराष्ट्रमन्त्री आफैले राहत लिएर आएको हेलीकप्टर मार्फत काठमाडौ पठाइएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए । सडक अवरुद्ध हुदाँ मगंलवार विहानदेखि घाईतेहरुको ठुलोलुम्पेक स्वास्थ्य चौकीमै उपचार भैरहेको थियो । उनीहरुलाई मगंलवार दिनभर तथा वुधवार विहानै वाहिर पठाउने तयारी भएपनि खराव मौसमका कारण हेलीकप्टर आउन नसक्दा स्थानीय स्वास्थ्य सस्थामै उपचार गराउन वाध्य भएको उपचारमा सलग्न डाक्टर शिला ढकालले बताईन । हामीले यहाँ सम्भव भएसम्मको उपचार ग¥यौ डाक्टर ढकाल भन्छिन“ टाउको र ढाडमा समस्या भएकाले वाहिर पठाएर उपचार गर्नुपर्ने अवस्था थियो ।”
हेलीकप्टरमा राहत लिएर परराष्ट्रमन्त्री ठुलोलुम्पेकमा
जिल्लाको सत्यवती गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि हेलीकप्टर मार्फत राहत लिएर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली ठुलोलुम्पेकमा पुगेका छन । परराष्ट्र मन्त्री ज्ञवाली बुधबार साँझ हेलिकप्टर मार्फत ठुलोलुम्पकमा हेलिकप्टर मार्फत २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा लिएर आएका हुन । मन्त्री ज्ञवाली मगंलवार पनि लिम्घामा राहत लिएर आएका थिए । सडक अवरुद्ध हुदाँ राहत तथा घाईतेहरुको उपचारमा समस्या भएको जानकारी आफुलाई भएपनि खराव मौसमका विच बुधवार विहानै पहिरो प्रभावित क्षेत्रमा आउन नसकेको बातए । म वुधवार विहानै राहत लिएर आउने र घाईतेहरुलाई उपचारका लागि काठमाडौ लैजाने तयारीका साथ थिए उनले भने“तर पानीसगै मौसम खराव भएपनि हेलीकप्टर उडन सकेन ।” प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले मन्त्रीहरुसंग सल्लाह गरेर बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको बताए । सडकको कुनै बिकल्प नभएपछि हेलीकप्टरवाट भएपनि राहत ल्याएको पौडेलले बताए । पहिरो प्रभावित क्षेत्र सत्यवति गाउँपालिकाका सडकहरु अबरुद्ध हुँदा राहत वितरणमा समस्या देखिएको छ ।
प्रतिक्रिया