पोखरा ।
धर्म प्रचार–प्रसार गर्दै हिँडेका तीनजना विदेशीलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। इसाई धर्मको प्रचार गर्दै हिँडेका २ जापानी नागरिक र एक कोरियाली नागरिकलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले नियन्त्रणमा लिएको हो। पोखराको रत्नचोकस्थित धर्म प्रचारप्रसार गरिरहेको अवस्थामा जापानी नागरिक रैको सेकिया र जायरो सेकियालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
त्यस्तै पोखरामै धर्मप्रचार गर्दै हिँडेका कोरीयाली नागरिक चो योसाङलाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ। तीन वर्षदेखि पोखरा बसेर धर्मप्रचार गरिरहेका जापानी नागरिकसँगै कोरियाली नागरिकलाई जिल्ला अदालत कास्कीबाट म्याद थप गरी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। प्रहरीले उनीहरूलाई गत सोमबार पक्राउ गरेको थियो। उनीहरूको कोठाबाट केही थान बाइबलसमेत प्रहरीले बरामद गरेको छ। कुनै पनि व्यक्तिको धर्म परिवर्तन गराउने वा त्यसमा खलल पार्ने गतिविधि गर्न नहुने संविधानमा उल्लेख छ।
कास्की प्रहरीले बालयौन दुराचारको आरोपमा मंगलबार एक विदेशीलाई नियन्त्रणमा लिएको छ। पोखरामा प्याराग्लाइडिङ उडान भर्ने अष्ट्रेलियन नागरिक थोमस अल्फ्रेड बेरिम्यान बालयौन दुराचारको आरोपमा पक्राउ परेका हुन्।
८ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया