धनकुटा ।
धनकुटा नगरपालिका -८ का तीन बालबालिका तमोर नदीले बगाएर बेपत्ता भएका प्रहरीले जनाएको छ। गत आइतबार धनकुटा नगरापालिका ८ याक्चनाका शंखबहादुर राईका ९ वर्षीया छोरा सञ्जीव राई, ६ वर्षीय छोरी सञ्जीला राई र ७ वर्षीया छोरी सलिना राईलाई तमोर नदीले बगाएको भए पनि हालसम्म नभेटिएको प्रहरीले जनाएको छ। आइतबार दिउँसो बाबुआमा खेतमा काम गर्न गएपछि उनीहरू तमोर नदीमा पौडी खेल्न गएको बेला नदीले बगाएको हुनसक्ने परिवारजनको अनुमान रहेको छ। परिवार तथा आफन्तले नदीमा खोजी गरेपनि पत्ता नलागेपछि प्रहरीलाई खबर गरेपछि बुधबार मात्रै जिल्ला प्रहरी कार्यलयको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरिक्षक सुर्दशन कोइरालाले बताए। ुउनीहरूको खोजीका लागि तमोर नदीक्षेत्रमा मुलघाट र त्रिवेणी प्रहरी चौकीका प्रहरी परिचालन गरिएको छु कोइरालाले भने।
८ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया