१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

गुल्मीको पहिरो प्रभावित क्षेत्रमा मन्त्री राहत बोकेर पुगे



गुल्मी ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली गुल्मीको पहिरो प्रभावित क्षेत्र सत्यवती गाउँपालिकामा पुगेका छन् । मन्त्री ज्ञवाली, गृह मन्त्रालयका सह–सचिव इन्दु घिमिरे, डाक्टर रेशम ज्ञवाली सहितको टोली राहत लिएर हेलिकोप्टरबाट प्रभावित क्षेत्रमा पुगेको हो । त्यस्तै प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल औषधी, टेन्ट र भाडासहितको राहत सामग्री लिएर प्रभावित क्षेत्रतर्फ लागेका छन् ।
मन्त्रीहरुले प्रभावित क्षेत्रमा पुगेर स्थलगत अवलोकन गर्नुका साथै प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्ने कार्यक्रम रहेको छ । पहिरोमा पुरिएर मृत्यु हुनेप्रति प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँण, प्रदेश नम्बर ५ का सामाजिक विकास मन्त्री सुर्दशन बराल लगायत विभिन्न राजनितीक दलका नेताहरुले शोक वक्तव्य जारी गदै दुख व्यक्त गरेका छन् ।
उनीहरुले पहिरोमा पुरिएर मृत्यु हुनेहरुप्रति दुख व्यक्त गर्दै राहत र उद्धारमा जुट्न उनीहरुले आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७६ बुधबार ००:००  ७ : ५६ बजे