१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

उद्योग वाणिज्य संघको वैठक सम्पन्न, चौथो साधारण सभाको तयारी तिव्र



मायादेवी अनलाइन ।
कपिलवस्तु उद्योग वाणिज्य संघको १८ औं नियमित वैठक संघको कार्यालय वाणगंगा नगरपालिका स्थित चारनम्बरमा सम्पन्न भएको छ । वैठकले आउदो भदौ ३ गते चौथो वार्षिक साधारण आयोजना गर्न विभिन्न जिम्मेवारी समेत तोकेको छ । समयको परिपालनामा चुस्त रहेको संघले चौथो वार्षिक साधारण सभा पनि समयमै आयोजना गर्ने तयारी गरेको संघका अध्यक्ष उमानाथ पौडेलले बताउनुभयो । भाद्र ३ गते संघको साधारण सभाको अवसरमा नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम समेत रहेको छ । साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणालाई प्रमुख अतिथीको रुपमा आमन्त्रण गर्ने तयारी भइरहेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
वैठकले संघमा आवद्ध सदस्यहरुको सदस्यता नवीकरण, लेखा परिक्षण, वार्षिक प्रतिवेदन, अतिथी सत्कार, निमन्त्रणा लगाएतको जिम्मेवारी बाँडफाँड गरेको संघका महासचिव लक्ष्मण अधिकारीले जानकारी दिनुभयो । वैठकमा गत महिनाको समिक्षा, महासंघको आन्दोलन, भवन निर्माणको अन्तिम तयारी तथा आगामी योजनाको विषयमा छलफल भएको छ । संघको दोश्रो अधिवेशन तथा तेश्रो वार्षिक साधारणसभाबाट चयन भएको नयाँ नेतृत्वले नयाँ तरिकाले काम गर्दै छुट्टै पहिचान बनाउन सफल भएको बताइएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  ५ : २२ बजे