मायादेवी अनलाइन, चारनम्बर ।
कपिलवस्तु र रुपन्देहीका मेकानिक्सका लागि एकदिने विमा तथा प्राविधिक तालिम वाणगंगा नगरपालिका १ स्थित पिस हिमालय रिसोर्टमा सम्पन्न भएको छ । जगदम्बा मोटर्स र नाटुको सहकार्यमा दुई जिल्लाका ५० जना मोटरसाइकल मेकानिक्सका लागि विमा तथा प्राविधिक तालिम कार्यक्रम संचालन भएको हो । नेपाल अटो मेकानिक्स टे«ड युनियन (नाटु) र जगदम्बा मोटर्सबीच भएको दुईपक्षीय साझेदारी पछि नेपालका ६८ स्थानमा विमा तथा तालिम सचालन गरिने नाटुका केन्द्रिय अध्यक्ष जीवन अधिकारीले बताउनुभयो । नाटुका सदस्य तथा मेकानिक्सलाई प्रशिक्षित गर्दै कल्याणकारी कोष (विमा) तथा टिभिएस व्राण्डको प्रोडक्ट बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो ।
सवारी साधन अहिलेको अपरिहार्य साधन हो, बजारमा नयाँ प्रोडक्ट आएका छन्, नाटुका केन्द्रीय अध्यक्ष अधिकारीले भन्नुभयो– यसबारेमा प्राविधिक ज्ञान राख्नु आवश्यक छ तसर्थ जगदम्बा मोटर्ससंग हामी हातेमालो गरेर अघी बढेका छौं । हामीकहाँ २५।३० वर्षदेखि कामगर्दै आएका अनुभवी मेकानिक्स र अटोमोवाइल्स पढेर आएका पनि मेकानिक्स छन्, यी दुवैको पहिचान गरेर उनीहरुको विवरण संकलन गर्दै नाटुको केन्द्रिय टिमले योजना बनाएर भावी दिनमा आवश्यक तालिम संचालन गर्ने उहाँले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका अधिकारीले डिलर, मेकानिक्स र नाटुबीचको सम्बन्ध निकट रहेकोले अबको बजार व्यवस्थित अटोल्याण्डको अवधारणामा क्रमश अघि बढेको बताउनुभयो । अव स्थानीय सरकारले पनि व्यवस्थित अटोल्याण्ड संचालन गर्न नगरमा विशेष पहल गर्नुपर्दछ । अब मेकानिक्सले दक्षता बृद्धि गर्दै जानुपर्ने समय आएकोले सिटिइभिटी अन्तरगतका विभिन्न तालिमहरु लिन पनि मेकानिक्सलाई सुझाव दिनुभयो ।
कार्यक्रममा वाणगंगा अटो टे«डर्सका अध्यक्ष उमानाथ पौडेलले घर घरमा टिभिएसको अभियान कम्पनीले संचालन गरेको जानकारी दिदै पछिल्लो समय टिभिएस ब्राण्डका मोटरसाइकल र स्कुटीको बजार बढ्दै गएको र ग्राहकको मन जितेको बताउनुभयो । त्यस्तै टिभिएसको आधाकारिक विक्रेता वाणगंगा अटो टे«डर्सका संचालक मोहन न्यौपाने र मनोज पौडेलले टिभिएसका व्राण्डलाई ग्राहकले बढि रुचाएर यसक्षेत्रमा यसको माग ह्वात्तै बढेको बताउनुभयो । जगदम्वा मोटर्सले नाटुका सदस्य तथा मेकानिक्सका लागि दुर्घटना वा अन्य कारणले जोखिम हुन सक्ने भन्दै कल्याणकारी कोष समेत प्रदान गर्दै आएको छ । कार्यक्रम नाटुका जिल्ला उपाध्यक्ष राजु सुनारको अध्यक्षता, प्रदेश सचिव लक्ष्मण भण्डारीको संचालनमा भएको कार्यक्रममा अटो ट्रेडर्सका संचालक मोहन न्यौपानेले स्वागत गर्नुभएको थियो ।
७ श्रावण २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया