बुटवल ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषको कार्यालयले यातायात सम्वन्धी दुई वटा कार्यालयको छडके गरेको छ । रुपन्देहीको तिलोत्तमाको मणिग्राममा रहेको यातायात व्यवस्था कार्यालय सवारी बुटवलमा रहेको यातायात व्यवस्था कार्यालय लाइसेन्समा आज छड्के गरीएको हो ।
निरीक्षणका क्रममा २१ जना कर्मचारी अनुपस्थित भेटिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता बैकुण्ठ अधिकारीले जानकारी दिनुभयो। सवारीतर्फको यातायातमा कार्यालय प्रमुखसहित १० जना अनुपस्थित रहेको उहाले बताउनु भयो। कार्यालयमा आउने समय १० १५ सम्म रहेपनि कार्यालय प्रमुख नै करिब साढे १० मा कार्यालयमा आएपछि उहाको हाजिरी अनुपस्थिति बनाइएको छ।
लाइसेन्स तर्फको कार्यालयमा २९ दरबन्दीमध्ये ११ जना कर्मचारी अनुपस्थित रहेका थिए ।
मुख्यमन्त्री कार्यालयले समयमा कार्यालयमा नआउने कर्मचारीलाई स्पष्टिकरण सोधि आवश्यक कारबाही अघि बढाउने बताइएको छ। यी दुई कार्यालय प्रदेश मातहत रहेका छन्।
७ श्रावण २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया