१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

प्रचण्ड भन्छन्, जनवादी क्रान्ति मौलिक ढंगले पूरा भयो



काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले नेपालको जनवादी क्रान्ति मौलिक ढंगले पूरा भएको बताएका छन् । ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् ।
अध्यक्ष प्रचण्डले पार्टी एकता गरेर नेतृत्वलाई अझ परिपक्व बनाउने ठाउँमा आफुहरु आइपुगेको स्पष्ट पारे । पार्टी एकता निक्कै सुझबुझपूर्ण निर्णयका आधारमा गरिएको उनको भनाई थियो । स्पष्ट विचार, राजनीति, विधि पद्धतिका आधारमा संगठनको निर्माण, कम्युनिष्ट मूल्य मान्यताका आधारमा कम्युनिष्ट पार्टीलाई अझ एकतावद्ध बनाएर लैजाने काममा सबै लाग्नुपर्नेमा प्रचण्डले जोड दिए ।
पार्टी एकताका काम करिब निष्कर्षतिर पुगेको समेत उनले बताए । एकताको काम सक्ने वित्तिकै स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर देशब्यापी अभियानमा जाने पनि अध्यक्ष प्रचण्डको भनाई थियो । उनले भने,‘कार्यकर्तालाई, जनतालाई उत्साहित गर्ने गरी र सुशासन र विकासको एउटा मोडेल प्रस्तुत गर्ने गरी अब पार्टीले अभियान चलाउँछ ।’

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  २ : २९ बजे