१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

गुल्मी पहिरो (अपडेट) मृत्यु भएका ६ जनाकै पहिचान, ५ जना अझै बेपत्ता



बिष्णु कुमार आले, अर्घाखाँची ।
गुल्मीमा पहिरोमा घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने ५ जना वेपत्ता भएका छन् ।पहिरोमा परि मृत्यु हुनेमा सत्यबती गाँउपालीका ३ ठूलो लुम्पेगका ३२ वर्षिय तिलकुमार तरामु, उनको ९ वर्षिय छोरा दर्शन तरामु रहेको प्रहरी निरिक्षक रबिन्द्र खड्काले जानकारी दिएका छन् ।
सोही गाउँपालिकाका वडा नम्बर ४ लिंघाका ६२ वर्षिया छल्ली विक, २८ वर्षिया पम्फा विक, १२ बर्षिय अन्जली बिक र १० बर्षिय हेमन्त बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ र वडा नम्बर ४ मा पहिरोका कारण घर पुरिँदा दुबै ठाँउमा गरेर ५ जना अझै वेपत्ता भएका छन् । पहिरोमा परि १ जना घाईते भएका छन् ।
उद्दारका लागि जिल्ला सदरमुकाम तम्घासबाट प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । घटनास्थल सदरमुकामबाट ठूलो लुम्पेक ३५ किमी र लिंघामा २० किमी टाढा रहेको छ । भारी बर्षाका कारण बिच बिचमा बाटो भत्किएपछि उद्दारमा पुग्न कठिनाई भएको प्रजिअ पौडेलले बताए । त्यस तर्फ नेपाल प्रहरीका जनपथ, शसस्त्र, नेपाली सेनाको टोली गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  १२ : ५८ बजे