१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

रोनाल्डोमाथिको आरोप प्रमाणित भएन



एजेन्सी ।
टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डो बलात्कार आरोपबाट मुक्त हुने भएका छन् । एक अमेरिकी महिलाले रोनाल्डोमाथि बलात्कारको आरोप लगाएकी थिइन् ।
आरोपका सम्बन्धमा अनुसन्धान गरेका अमेरिकी अधिकारीले रोनाल्डो विरुद्ध कुनै पनि कानूनी प्रक्रिया सुरु गर्नु पर्ने नदेखिएको बताएका छन् । ३४ वर्षकी अमेरिकी महिला क्याथरिन मायोर्गाले युभेन्टसका खेलाडी रोनाल्डोले सन् २००९ मा लस भेगासको एक होटलमा आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
ती महिलाले गएको असोजको दोस्रो हप्ता रोनाल्डोमाथि आरोप लगाएकी थिइन् । सुरुमा पत्रिका रोनाल्डोमाथि बलात्कार आरोपको खबर प्रकाशित भएको थियो । त्यसपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  १० : १७ बजे