१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४१ औँ स्मृति दिवस



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१ औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेपालमा कम्युनिष्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडे । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मिएका पुष्पलाल आफ्नो जीवनभर सङ्गठन बिस्तारमा लागे । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे ।
पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्य्दिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् । स्मृति दिवसका अवसरमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले मंगलबार पुष्पलाल स्मृति पार्क चम्पादेवीमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतको उपस्थिति रहनेछ ।
यस्तै नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तुले वाणगंगा नगरपालिका वडा नं. ८ मा रहेको नेपाल किसान टे«क्टर समितिको हल पूलचोकमा स्मृती दिवस मनाउन लागेको नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनुभयो । विहान ११ बजे देखि सुरु हुने कार्यक्रममा सहभागीताका लागि सम्पूर्ण नेता तथा कार्यकर्तालाई अध्यक्ष पोख्रेलले आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  १० : १४ बजे