शिवलाल सुवेदी, गुल्मी ।
सोमवार साझँदेखि परेको अविरल वर्षाका कारण पहिरो जादाँ गुल्मीमा ६ जनाको मृत्युु भएको छ । यस्तै ५ जना हराईरहेका छन । जिल्लाको सत्यवती गाउँपालिका ४ लिम्घाका स्थानीय छविकला विक, धन बहादुर विक र पम्फा विकको घर पहिरोले पुर्दा ४ जनाको शव देखिएको स्थानीय ठग प्रसाद ज्ञवालीले जानकारी दिएका छन ।
यस्तै पहिरोमा अन्य ५ जना हराईरहेको वताईएको छ । राति घरमा सुतीरहेको अवस्था माथिवाट पहिरोले तीन घरहरु वगाएर करि ५० मिटर तल पुराएको छ । पानी परिरहेकाले उद्वार गर्न कठिनाइ भएको गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले वताए ।
यस्तै गाउपालिका ३ मा पनि पहिरो जादाँ स्थानीय ३० बर्षिय तिलकुमारी त्ररामु उनका १० बर्षीय छोरा दर्शन तरामुको मृत्यु भएको ढकालले जानकारी दिए ।
प्रतिक्रिया