१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

वडाध्यक्ष विष्णु गिरीको मिसन : ‘वडा भित्रका सबै फुसका छाना हटाउने’ (अन्तर्वार्ता)



मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुका सर्वप्रिय तथा विकासप्रेमीका रुपमा परिचित वडाध्यक्ष विष्णु गिरीले अब वडाभित्रका कुनै नागरिक फुसको छानामा बस्न नपर्ने बताउनुभएको छ । वाणगंगा नगरपालिका ७ नं. वडा कार्यालयका वडाध्यक्ष गिरीले यस्तो घोषणा गर्नुभएको हो । चालु आवमा फुसको छाना हटाएर कर्कटपाता लगाउने योजना रहेको बताउँदै उहाँले यसले वडाबासीमा थप खुसी थप्ने विश्वास व्यक्त गर्नुभयो ।
रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको दैनिकी प्रस्तुती कार्यक्रम जनप्रतिनिधिमा कुराकानी गर्दै उहाँले यस्तो बताउनुभएको हो । जनसंख्याका हिसाबले सबैभन्दा ठूलो वडा भएपनि विकासको बजेट सबैलाई समानुपातिक रुपमा बाडिएको बताउनुभयो । नगरपालिकाबाट वडाका लागि आएको बजेटले जनताको चाहना सबै पुरा गर्न नसक्ने भए पनि केन्द्र र प्रदेश सरकारसंग बजेटको माग आफुले गरिरहेको उहाँले बताउनुभयो ।
चालु आवको लागि भर्खरै बजेट विनियोजन भएको बताउँदै यो बर्ष सुन्दरीकरणमा आफ्नो वडा प्रदेशकै नमुना हुने उद्घोष गर्नुभयो । गत आवमा वडा भित्र फूल रोप्ने अभियान सफलता पूर्वक सम्पन्न भएको भन्दै यस बर्ष राजमार्ग क्षेत्र भित्रका सबै विजुलीका पोल र नजिकै रहेका रुख रंगाउने योजना रहेको बताउनुभयो । साथै सडक वरपर रुख विरुवा रोपेर हरियाली बनाउने पनि उहाँले योजना सुनाउनुभयो ।
सडक क्षेत्र भित्र सोलार बत्ती जडानसंगै सडक फराकिलो पार्नका लागि विभिन्न योजना अगाडी सारेको बताउनुभयो । वडाको पिकनिक स्पोटका रुपमा रहेको खारखानेको विकासका लागि पनि वडाले आवश्यक बजेट छुट्टाएको बताउनुभयो । खारखाने क्षेत्रमा गत आवमा सरसफाईसंगै बसोबासका लागि केही टहराहरु बनाइएको जानकारी दिदै यो बर्ष हरियाली पार्कसंगै रिसोर्ट पनि निर्माण गर्ने जानकारी दिनुभयो ।
लक्ष्मणघाट दाहसंस्कारलाई आधुनिक बनाउने तयारी पनि वडाले गरेको बताउनुभयो । दाहसंस्कार गर्ने स्थानको डिपिआर निर्माणका लागि नगरपालिकाले ५ लाख बजेट विनियोजन गरेको भन्दै अब यो स्थानमा आधुनिक शवगृह निर्माण हुने बताउनुभयो ।
पूर्वी कपिलवस्तुमा पशु हाटबजार नहुँदा किसानलाई समस्या हुँदै आएको भएपनि अब भने त्यो समस्याको समाधान पनि हुने भएको छ । वडा नं. ७ ले पशु हाटबजार निर्माण गर्ने भएको छ । कोइलीपूल देखि दक्षिण क्षेत्रतर्फ पशु हाट बजारका लागि केन्द्र सरकारसंग पहल भैरहेको र त्यसको आवश्यक अनुगमन पनि भएको जानकारी दिनुभयो ।
बाँकी अन्तवार्ता हेर्नुहोस

प्रकाशित मिति : ७ श्रावण २०७६ मंगलबार ००:००  ८ : ५६ बजे