मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तुको राजापानी क्षेत्र प्रदेशकै राम्रो पर्यटकीय गन्तव्य बन्ने राजापानी सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष ढाकाराम अधिकारीले बताउनुभएको छ । पुनः दोस्रो कार्यकालका लागि सामुदायिक बनको अध्यक्षमा निर्वाचित भएपछि रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुराकानी गर्दै अध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो ।
राजापानीलाई पर्यटकीय स्थलका रुपमा विकास गर्नका लागि प्रदेश सरकारले पनि विशेष चासो दिएको उहाँले बताउनुभयो । गत आवमा प्रदेशबाट प्राप्त भएको बजेटको कार्यान्वयन भएको बताउँदै चालु आवमा पनि राम्रै बजेट आउने बताउनुभयो ।
वाणगंगा नगरपालिका वडा नं. ३ मा अवस्थित राजापानी क्षेत्रलाई वाणगंगा नगरपालिकाले पनि उचित महत्व दिदै आएको छ । गत आवमा नगरपालिकाले फ्रि वाईफाई जडान गरी यस स्थानमा पर्यटक बढाउने नीति ल्याएको थियो ।
रमणीय वातावरण, कलकल बग्ने पानीको मुहान, विभिन्न जीवजन्तु, हरियाली पार्क लगायतले राजापानी स्थल पूर्व कपिलवस्तुमा चर्चित छ । यति मात्र होइन् यहाँ खुलेका होटल तथा रेष्टुरेन्टले पनि मानिसको चहलपहलमा बृद्धि गरेको छ । साथै ठूलै खेल मैदानले पनि यस क्षेत्रको सौन्दर्य थपेको छ ।
बाँकी भिडियो अन्तर्वार्ता
७ श्रावण २०७६ मंगलबार ००:००
2
Shares
प्रतिक्रिया