एजेन्सी ।
भारतले सोमबार चन्द्रमामा आफ्नो अन्तरिक्ष यान पठाउने तयारी गरेको छ । गएको सोमबार (जुलाई १५) भारतले चन्द्रयान–२ प्रक्षेपणको तयारी गरेको थियो । तर प्राविधिक कारणले तयारी गरिएको प्रक्षेपण समय भन्दा ५६ मिनेट पहिलो स्थगित भएको थियो ।
भारतको अन्तरिक्ष अनुसन्धान संगठन इसरोले सोमबार (जुलाई २२) स्थानीय समय अनुसार दिउँसो २ बजेर ५१ मिनेट जाँदा (नेपाली समय अनुसार दिउँसो ३ बजेर ७ मिनेट जाँदा) चन्द्रयान–२ प्रक्षेयण गर्ने तयारी थालेको हो ।
इसरोले १५० मिलियन अमेरिकी डलर खर्चेर तयारी गरेको अभियान अन्तर्गतको चन्द्रयान–२ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण हुने जनाइएको छ । सो क्षेत्रमा अहिलेसम्म कुनै पनि देशका यान पुगेका छैनन् । चन्द्रयान–१ को सफलता पछि इसरोले चन्द्रयान–२ मा काम गर्न थालेको थियो । चन्द्रयान–२ भारतीय अन्तरिक्ष कार्यक्रमका लागि निकै महत्वपूर्ण मानिएको छ ।
प्रतिक्रिया