काठमाण्डौँ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका छन्। सभापति देउवाले मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगसम्बन्धि विधेयक परिमार्जन नगरे संसद बैठक नै अवरुद्ध पार्ने पार्टीको अडान पनि दोर्होयाउनु भयो । बिपी जयन्तिको अवसर पारेर सहीद स्मृति प्रतिष्ठानले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाले सरकारले प्रजातन्त्रमाथि निरन्तर प्रहार गरिरहे आफ्नो पार्टी सडक आन्दोलनमा जान बाध्य हुने पनि स्पष्ट पार्नुभयो । सभापति देउवाले विपी कोइरालाले मुलुकको राष्ट्रियता र सामाजवादका लागि प्रजातन्त्रलाई अनिवार्य सर्तमा रुपमा अघि सारेको उल्लेख गर्दै सोही मान्यताबाट अघि बढदा मात्रै मुलुकमा समृद्धि आउने विश्वास पनि व्यक्त गर्नुभयो ।
त्यस अवसरमा सभापति देउवाले विपी कोइरालाको बहुआयामिक व्यक्तित्वको पनि चर्चा गर्नुभयो ।नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बिपी कोइरालाले कम्युनिष्टहरुको अधिनायकवादी शासनविरुद्ध प्रजातान्त्रिक समाजवादी विचारधारालाई अघि सारेको बताउनु भयो ।
उहाले बिपी कोइरालाको समाजवादी विचारधाराकै बाटोबाट मात्रै संघीय लोकतान्त्रिक गणतन्त्रलाई अघि बढाउन सकिने पनि स्पष्ट पार्नुभयो । विपी स्मृति दिवसका अवसरमा काङ्ग्रेस, भ्रातृ संस्था र विपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गरेका छन् । कपिलवस्तुको बाणगंगामा नेपाली काग्रेशले वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बाणगङ्गा १ जितपुर बङ्गलामुखी मन्दिर परिसरमा ४नं.चोक बाट जितपुर उपटहवा जाने बाटामा वृक्षरोपण गरिएको हो ।
६ श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया