मायादेवी अनलाइन, कपिलवस्तु ।
साउनको पहिलो सोमबार (आज, साउन ६ गते) पशुपतिनाथ मन्दिरमा बिहानदेखि भक्तजनको घुइँचो लागेको छ । कपिलवस्तुको सदरमुकाम तौलिहवामा रहेको तौलेश्वरनाथ मन्दिरमा पनि विहानै देखि भक्तजनको भिड लागेको छ । पश्चिम नेपालको चर्चित यस मन्दिरमा नेपालका विभिन्न स्थान हुँदै भारतबाट पनि दर्शनार्थी आएका थिए ।
यस्तै लक्ष्मणघाटमा पनि विहानै देखि भक्तजनको भिड छ । लक्ष्मणघाटबाट जल लिएर बोलबम जानेहरु लक्ष्मणघाटमा आएका हुन् ।
यता बिहानै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा छ ।
पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोलबम यात्रा पनि हुने गर्छ ।साउनको सोमबार व्रत बसी भगवान शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
६ श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया