१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

डान्स सिकाई दिन्छु भन्दै दलालले दिल्ली लगेका दुई बालिकाको उद्धार



मनिष गुप्ता, कृष्णनगर ।
दलालले डान्स सिकाईदिन्छु भन्ने प्रलोभनमा पारेर दिल्ली लगेका दुई बालिकाको उद्धार गरिएको छ । दिल्लीको रेलवे स्टेशनबाट दुई नेपाली बालिकाको उद्धार गरिएको बताइएको छ ।
केन्याको डान्सबारहरुमा नेपाली चेलीहरुको चित्कार भैरहेका बिभिन्न समाचारहरु आइरहदा दिल्लीबाट नेपाली बालिकाको उद्धार गरिएको हो ।
सपना मिश्रा (नाम परिबर्तित) १६ बर्षीय भैरहवा र सपना (नाम परिबर्तित) अर्की बालिकालाई उमेश नाम गरेका व्यक्तिले विभिन्न प्रलोभनमा पारी भारत लगेका थिए ।
दिल्ली रेलबे स्टेसनसम्म पुगेका ती बालिकालाई त्यहाँको चाइल लाइनले देखेर दिल्ली पुलिस र आफन्त नेपाललाई खबर गरेको थियो ।
चाइल लाइनले रेलवे स्टेशनमा देखे पछि बालिकाहरु भाग्न खोजेका थिए । तर कर्मचारीले समात्न सफल भए ।
उद्धार पछि ती दुई जना बालिकालाई बाल कल्याणको सुरक्षित आवासमा राखिएको छ । दिल्लीमै रहेका ती बालिकालाई त्यहाँको कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउने तयारी भैरहेको आफन्त नेपाल दिल्ली शाखाका रेस्क्यु अफिसर नवीन जोशीले जानकारी गराउनु भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६ आइतबार ००:००  ९ : ४८ बजे