१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

दाङमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन महिलाको मृत्यु



दाङ ।

दाङको घोराही उपमहानगरको कुइनेमा खाल्डोमा जम्मा भएको पानीमा डुबेर तीन जना महिलाको मृत्यु भएको छ ।

रोपाईँ सकेर घर फर्कने बेला हातखुट्टा धुन गएका उनीहरुको आइतबार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

डुबेर मृत्यु हुनेमा अमृता बिक, झरना बिक र वसन्ता बिक रहेको वडा प्रहरी कार्यालय घोराहीले जानकारी दिएको छ ।

खाल्टोमा शुरुमा एक जना महिलाको हातखुट्टा धुने बेला डुबेको र उनलाई बचाउन खोज्दा अन्य दुई महिलाको समेत ज्यान गएको थियो ।

मृतकको शवलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६ आइतबार ००:००  ९ : ३५ बजे