काठमाडौं ।
ब्रिगेड ब्वाईज क्लबले चौंथो संस्करणको ललित स्मृति कप यू–१८ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ । आज भएको फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ब्रिगेड दोश्रो पटक च्याम्पियन बनेको हो ।
यसअघिका खेलमा कपिलवस्तुका सञ्जु सेनले सनसनी प्रदर्शन गर्दै पुलिसलाई फाइनल सम्म ल्याएका थिए । यस खेलमा उनले गोल गर्न नसक्दा पुलिस १–० को झिनो गोलले पराजित हुँदै उपविजेतामा सिमित भयो । उपाधिसँगै ब्रिगेडले ३ लाख नगद प्राप्त गरेको छ भने पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेडलाई जित दिलाउन बृजेश चौधरीले निर्णायक गोल गरे । बृजेशले खेलको २३ औं मिनेटमा गोल गरेका थिए । पृथ्वी चौधरीको प्रहार पुलिसका गोलरक्षक निशान्त खड्काले पन्च गरेपछि आएको रिबाउण्डमा बृजेशले गोल गरेका थिए ।
फाइनलमा गोल गरेसँगै बृजेश प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बने । कपिलवस्तुका सञ्जुले भने सात गोल गरेका थिए । आज गोल नहुँदा उनी सर्वाधिक गोल कर्ताको पुरस्कार पाउनबाट बञ्चित भए ।
प्रतिक्रिया