मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु वितरक संघ पनि भिसिटिएसको विरोधमा उत्रेको छ । सरकारले जारी गरेको सामान ढुवानीमा भिसिटिएस प्रणाली र योगदानमा आधारित सामाजिक सुरक्षा ऐनका नियमहरु अव्यवहारिक भएको भन्दै आइतबार प्रेस विज्ञप्तीमार्फत गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।
बाणगंगाको माछापुच्छ्रे होटलमा आइतबार एक कार्यक्रम मार्फत प्रेस विज्ञप्ती जारी गर्दै संघले भिसिटिएस विना तयारी अपरिपक्व ढंगले ल्याएको भन्दै यसले साना ब्यावसायी धरासयी हुने भन्दै बिभिन्न मागसहित खारेजीको माग गरेको हो ।
संघका संचिव राम प्रसाद बञ्जाडेद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ– “नेपाल सरकारले साउन १ गतेबाट लागु गर्न खोजेको भिसिटिएस प्रणाली तयारी विना लागु गर्न खोजिएकाले कतै साना ब्यावसायीलाई विस्थापित गरी ब्यापारिक माफियाको हातमा देशको आर्थिक प्रणाली दिन खोजिएको हो कि भन्ने बुझाइ रहेको छ । त्यसैले यस प्रणाली पूर्ण रुपमा खारेजीको माग गर्दछौँ ।”
विज्ञप्ती मार्फत यो प्रणाली लागु गर्नु पहिले खुल्ला सिमानाबाट अवैध रुपमा भित्रिने सामान रोक्नु पर्ने, वितरकहरुले अनिवार्य रुपमा बिल विजक जारी गर्नको लागि सम्पूर्ण पसल दर्ता गर्नुपर्ने, सबै स्थानमा इन्टरनेटको सहज पहुँच पुर्याउनु पर्ने र ब्यापार गरी जीवन निर्वाहको लागि वातावरण बनाउनुपर्ने लगायतका माग राखेका छन् ।
यसैगरी संघले आफ्नो विरोधका कार्यक्रमलाई थप प्रभावकारी बनाउन भन्द जिल्लाका बिभिन्न स्थानीय तहमासंयोजक पनि तोकको छ । बाणगंगा नगरपालिकाको लागि थानेश्वर भुसाल, बुद्धभूमि नगरपालिकाको लागि हरि कुमार श्रेष्ठ, शिवराज र कृष्णनगर नगरपालिकाको लागि संकर केसी र कपिलवस्तु नगरपालिकाको लागि देवेन्द्र कसौधनलाई संयोजक तोकिएको हो । आफ्ना मागहरु सम्बोधन नभएमा नेपाल वितरक संघको निर्देशन अनुासर थप विरोधका कार्यक्रम गर्ने पनि जनाइएको छ ।
प्रतिक्रिया