१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नेकपा कपिलवस्तुमा न्यौपानेलाई इन्चार्ज र घिमिरेलाई सह-इन्चार्जको जिम्मा



मायादेवी अनलाइन, कपिलवस्तु ।

देशकै सबैभन्दा ठूलो पार्टी नेकपाको एकता प्रक्रियाले लगभग पूर्णता पाएको छ । सबैभन्दा जटिल मध्ये लिइएको जिल्ला इन्चार्ज र सह-इन्चार्जको टुंगो लागे संगै एकता प्रक्रियाले लगभग पूर्णता पाएको छ । तत्कालिन एमाले र माओबादी एकता पछि बनेको नेकपामा केन्द्रिय नेताको ताती जस्तै छ । यस्तो अवस्थामा जिल्लाको इन्चार्ज र सह-इन्चार्ज कसले पाउने भन्नेमा ठूलै रस्साकस्सी थियो ।

दुवै पार्टी बीच भागबण्डामा लगभग कुरा मिलेपनि दुई पार्टी भित्रका नेताहरुमा देखिएको गुटको प्रभावले गर्दा इन्चार्ज र सह इन्चार्ज टुंगोमा पुराउन समस्या भएको थियो । यद्यपि आइतबार भने सबै टुंगो लागेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्री समेतलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ ।
प्रदेश सरकारका मन्त्रीहरु जिल्ला इन्चार्ज र सह-इन्चार्ज बनेका छन् । प्रदेश ५ का भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासीको इन्चार्ज बन्नुभभएको छ ।

यसैबीच नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तुले पनि जिल्लामा नयाँ इन्चार्ज र सह-इन्चार्ज पाएको छ । जसमा जिल्लाको ईन्चार्जमा केन्द्रिय नेता गिरीधारीलाल न्यौपाने आउनुभएको छ भने सह इन्चार्जमा विमला घिमिरे हुनुभएको छ । न्यौपाने तत्कालिन माओबादी पक्षका हुनुहुन्छ भने घिमिरे तत्कालिन एमाले खेमा तर्फबाट सह-इन्चार्ज बन्नुभएको छ ।
यसैगरी सचिवालय वैठकद्धारा प्रदेश नं ५ को रुपन्देहिमा ईन्चार्जमा लिला गिरी, सह–ईन्चार्जमा एकराज विश्वकर्मा, खिमलाल भट्टराई र दधिराम न्यौपानेले जिम्मेवारी पाउनु भएको छ ।

अर्घाखाँचीमा ईन्चार्जमा नजिर मिया र सह ईन्चार्जमा शुसीला ठकुरी, गुल्मी ईन्चार्जमा दिनेश पन्थी, प्युठान ईन्चार्जमा कृष्णध्वज खड्का, दाङ ईन्चार्जमा जीवन गौतम, रुकुम पूर्व ईन्चार्जमा खेममान खड्का, रोल्पा ईन्चार्जमा दिपेन्द्र पुन, वाँकेको ईन्चार्जमा दिनेश यादव र वर्दियाको ईन्जार्चमा लक्ष्मण ज्ञवालीले जिम्मेवारी पाउनु भएको छ । यस्तै पाल्पाको ईन्चार्जमा सोम प्रसाद पाण्डे र पश्चिम नवलपरासीमा वैजनाथ चौधरीले ईन्चार्ज पाउनु भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६ आइतबार ००:००  ६ : ४९ बजे