१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

स्कुल विभागमा दाबी नछाड्ने पूर्वमाओवादीको निर्णय



काठमाडौं । 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तत्कालीन माओवादीले स्कुल विभागको दाबी नछाड्ने भएको छ ।

सचिवालय बैठकअघि आज विहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु नारायणकाजी श्रेष्ठ (प्रकाश) र रामबहादुर थापा (बादल)बीच छलफल भएको थियो ।

खुमलटारमा भएको छलफलमा अध्यक्ष प्रचण्डले स्कुल विभागबारे सहमति भइनसकेको ब्रिफिङ गर्नुभएको थियो । स्रोतले भन्यो, ‘स्कुल विभागमा अडान नछाड्ने सहमति भएको छ ।’

स्कुल विभागमा तत्कालीन एमालेले रक्षामन्त्री ईश्वर पोखरेलको नाम अगाडि सारेको छ । तत्कालीन माओवादीमा नारायणकाजी श्रेष्ठ प्रकाशको दाबी छ ।

पूर्व माओवादीको भागमा परेका अरु १४ विभागमा भने मन्त्रीहरुलाई सम्बन्धित विभागको जिम्मेवारी दिने सहमति भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६ आइतबार ००:००  १ : ५८ बजे