मायादेवी अनलाइन, बुद्धभूमि ।
बुद्धभूमि नगरपालिकाकी नगर उप प्रमुख मिरा थारुले नगर सभा बहिस्कार गरेर आफुले राम्रो नगरेको स्विकार गर्नुभएको छ । शनिबार गोरुसिंगेमा प्रेस विज्ञप्ति जारी गर्दै नगर उप प्रमुख थारुले आफुले क्षणिक रुपमा आवेगमा आएर नगर सभा बहिस्कार गरेकाले अब देखि त्यसो नगर्ने बताउनुभयो ।
आफुले नगरसभा बहिस्कार गर्दा समग्र नगरपालिका, आम नगरबासी, आफु आवद्ध भई निर्वाचित भएको नेपाली कांग्रेस पार्टीलाई समेत असर परेको र सो कार्यले विभिन्न तर्क विर्तक भएकोमा क्षमा माग्दछु, थारुलेद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
आगामी दिनमा व्यापक छलफल, एक आपसमा भएको अन्यौलता माथि छलफल गरी समग्र नगरपालिकाको विकास र न्याय प्रणालीलाई स्वतन्त्र पूर्वक कार्य सम्पादन गर्ने कुरा समेत विज्ञप्ति मार्फत व्यक्त गर्नुभएको छ ।
उता नगर प्रमुख केशव कुमार श्रेष्ठले छलफल गर्दा गर्दै सभाको समय आएको कारण असहमतीका कुराहरु समाधान हुन नसकेको बताउनुभयो । अव उहाँले छलफलवाट काम गर्छु भन्नुभएको छ त्यो राम्रो पक्ष हो । लोकतन्त्रमा केही असहमती भए छलफलवाट नै निष्र्कष निस्कने उहाले बताउनुभयो ।
उता नेपाली कागे्रंसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले पार्टीबाट निर्बाचित जो सुकै स्थानीय तहका प्रमुख उप प्रमुखहरुलाई मिलेर काम गर्न निर्देशन दिनुभएको छ । छलफल परामर्श नगरी एक्कासी समाचारमा यस्ता कार्य सुन्दा आफुलाई आश्चर्य लागको हुँदा आगामी दिनमा मतभेद तथा समस्या भएका पार्टी तथा कार्यपालिकामा छलफल गरी समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया