१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

धोनीले तत्काल सन्यास नलिने, दुई महिना क्रिकेट पनि नखेल्ने



एजेन्सी ।
अहिले खेल जगतमा भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकीपर महेन्द्रसिंह धोनीले कहिले सन्यास लिन्छन् भन्ने कुरा चर्चामा छ ।
यही चर्चा चलिरहँदा धोनीले एउटा निर्णय गरेका छन् । धोनीका अनुसार आउँदो अगष्ट ३ बाट सुरु हुने भारतीय क्रिकेट टिमको वेस्ट इण्डिज भ्रमणमा उनी संलग्न हुने छैनन् ।

एमएसके प्रसादको अध्यक्षतामा वेस्ट इण्डिज भ्रमणका लागि आइतबार भारतीय टिमको घोषणा हुनेछ । भारतीय क्रिकेट टिमका पूर्व कप्तान धोनीले वेस्ट इण्डिज भ्रमणमा आफू संलग्न नहुने बताएका छन् । धोनीको स्थानमा कसलाई खेलाउने भन्ने बारे पनि चर्चा सुरु भएको छ ।

प्यारामिलिट्री फोर्सको प्याराशूट रेजिमेन्टमा धोनी मानार्थ लेफ्टिनेन्ट कर्नेल हुन् । भारतीय क्रिकेट बोर्ड ९बीसीसीआई० एक शीर्ष अधिकारीका अनुसार धोनीले आफ्नो रेजिमेन्टसँग दुई महिना रहेर सेवा गर्नेछन् ।
‘धोनीले वेस्ट इण्डिज भ्रमणमा संलग्न नहुने कुरा आफैँ बताएका छन् । उनी आफ्नो अर्धसैनिक रेजिमन्टसँग दुई महिना बिताउन चाहन्छन्ु, बीसीसीआईका एक शीर्ष अधिकारीले भने ।
धोनीले सन्यासको बारेमा पनि केही भनेका छैनन् ।

प्रकाशित मिति : ४ श्रावण २०७६ शनिबार ००:००  ४ : ०४ बजे