१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

दाङमा एक वर्षमा सवारी दुर्घटनाले लियो १०४ जनाको ज्यान



दाङ ।
बितेको एक बर्षमा दाङमा एक सय ४ जनाको सवारी दुर्घटनामा परि मृत्यु भएको छ। वितेको आर्थिक बर्ष २०७५-०७६ मा २ सय ५१ वटा साना ठूला सवारी साधन दुर्घटना हुदा एक सय ४ जनाको मृत्यु, २ सय ३३ जना गम्भिर घाईते र एक सय ९० जना सामान्य घाइते भएका छन्।
दुर्घटनामा ६७ जना पुरुष, १९ जना महिला, ७ बालक र २ बालिकाको मृत्युभएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
ती दुर्घटनामा २२ जना चालककै मृत्यु भएको छ भने ८२ जना सर्वसाधारण यात्रुको मृत्यु भएको ट्राफिकको दुर्घटना तथ्यांक शाखाका जवान लालबहादुर देउवाले जानकारी दिए।
दैनिक जसो हुने दुर्घटनाको कारण तिब्र गति भएको प्रहरीको अनुसन्धानले देखाएको छ। तीब्र गतिमा रहेका गाडिहरु अनियन्त्रित भएर ६७ वटा दुर्घटना भएका छन्।
त्यसैगरी, चालकको लापर्वाहीले १८, मादक पदार्थ सेवन गरी ५, यान्त्रिक गडबढीले ५, यात्रुको गल्ती र सडकको अबस्थाका कारण तीन तीन वटा सवारीका साधन दुर्घटनामा परेको प्रहरीको भनाई छ।
दाङमा आर्थिक बर्ष २०७३÷७४ मा १ सय ७२ वटा सवारीका साधन दुर्घटना हुदा ७७ जनाको मृत्युभएको थियो भने आर्थिक बर्ष २०७४(७५ मा २ सय २४ वटा सवारी दुर्घटना हुदा ७९ जनाको अकालमै मृत्यु भएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०७६ शुक्रबार ००:००  ७ : ४३ बजे