बिष्णु कुमार आले, अर्घाखाँची ।
बलात्कारको आरोपमा अर्घाखाचीको छुट्टा छुट्टै स्थानबाट २ जना पक्राउ परेका छन् । आफ्नै १० बर्षिय छोरी बलात्कार गरेको आरोपमा अर्घाखाँची सितगंगा १४ बिक्रमसोताका ४२ बर्षिय राजु श्रीस पक्राउ परेका छन् । छिमेकी प्रेमा राजकोटीको घरमा एक महिना लामो समयदेखी बस्दै आएकी नाम परिवर्तन १० बर्षिय छोरीलाई गएराती पिसाप फेर्न गएको बेला श्रीसले जवरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जवरजस्ती करणी गरेको उनी सगै बस्दै आएकी प्रेमा राजकोटीले देखेपछि सुक्रबार बिहान ८ बजे प्रहरीचौकि सिमलपानीमा कार्वाहीको माग गर्दै उजुरी दिएकी थिईन् । उजुरी पर्ने बित्तिकै सिमलपानी प्रहरी चौकिबाट प्रहरीले तत्काल घटनास्थलमा पुगेर निजलाई पक्राउ गरेको हो । अहिले जिल्ला अस्पताल सन्धिखर्कमा बालीकाको स्वास्थ्य परिक्षण गराईएको छ । अपराधी श्रीसलाई प्रहरी हिरासतमा राखी सुष्म अनुसन्धान सुरू गरेको प्रहरीले जनाएको छ । उता २ बर्षिय नाबालीकालाई बलात्कार गरेको आरोपमा अर्घाखाँची प्रहरीले सितगंगा १२ पथ्थरकोटका ६० बर्षिय टेक बहादुर पुनलाई पक्राउ गरेको छ । यहि असार ३१ गते दिउँसो पौने ४ बजेको समयमा पुनले जुस खान दिन्छु भनी नाबालीका नाम परिवर्तनलाई ललाईफकाई गरि आफ्नो कोठामा लगेर बलात्कारको प्रयास गरेको आरोपमा पुनलाई प्रहरीले पक्राउ गरेको हो । पिडितको उजुरीको आधारमा पक्राउ परेका ६० बर्षिय पुनले बालीकालाई आफ्नै घरमा लगेर जुस खान दिएर बलात्कारको प्रयास गरेको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको छ । निज उपर जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
३ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया