मोरङ ।
रोजगारीको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरेको अवस्थामा मोरङबाट ११ जनाको उद्धार गरिएको छ । जिल्लाको उर्लाबारी नगरपालिका–४ बस्ने २६ वर्षीय करन लिम्बुसहित ११ जनालाई बिहीबार राति प्रहरीले उद्दार गरेको हो । उनीहरुलाई भारततर्फ लैजाने मोरङ उर्लाबारी नगरपालिका–४ बस्ने ४८ वर्षीय फुर्का उराम, ४५ वर्षीया फुल कुमारी उराम र सुनसरी हरिनग्रा गाउँपालिका–७ बस्ने ४० वर्षीय हफिज अन्सारीलाई प्रहरीले पक्राउ परेका छन् । पक्राउ परेकाहरमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
३ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया