काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशका मध्य र पूर्वी पहाडमा बाढीपहिरोको सम्भावना उल्लेख गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।
शुक्रबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले उक्त क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले बाढीपहिरोको विपद् आउन सक्ने उल्लेख गरेको छ ।
महाशाखाले भनेको छ- देशका मध्य र पूर्वी क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ, जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जानसक्ने र पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ ।
महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार हिजोरअस्तीको तुलनामा आज मध्य र पूर्वी क्षेत्रमा मनसुनी गतिविधि केही सक्रिय हुने भएको हो। ‘उक्त क्षेत्रका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ,’ उनले भने, ‘त्यसैले हामीले २४ घण्टे चेतावनी प्रकाशन गरेका हौं।’
उनका अनुसार पहिलेजस्तो लगातार झरी नपरे पनि बदली र वर्षा केही बढ्ने सम्भावना छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुुसार अहिले पूर्वी र मध्य क्षेत्रका थोरै र पश्चिम क्षेत्रका एकरदुई स्थान मा वर्षा भइरहेको छ ।
काठमाडौं उपत्यकामा पनि बिहानै वर्षा भएको छ । तर काठमाडौंमा कुनै ठाउँमा पानी परेको छ भने नजिकै अर्काे स्थानमा परेको छैन । महाशाखाका अनुसार अहिले देशका पूर्वी र मध्य क्षेत्रमा सामान्यदेखि पूर्णसम्म तथा पश्चिम क्षेत्रमा आंशिकदेखि सामान्यसम्म बदली छ ।
महाशाखाका अनुसरा मनसुन न्यून चापीय रेखा नेपालको दक्षिणतिर अर्थात् भारतमा अवस्थित छ जसका कारण अहिले देशभर मनसुनी गतिविधि कम सक्रिय छ ।
तर एकरदुई दिनभित्र त्यो रेखा पुनः नेपाल भित्रिने सम्भावना रहेको मौसविद् कँडेलको भनाइ छ । ‘अहिले न्यून चापीय रेखा नेपालको दक्षिण (भारत) मा छ,’ मौसमविद् कँडेलले भनिन्, ‘अब १÷२ दिनमा पुनः सिफ्ट (नेपाल भित्रिने) सम्भावना देखिन्छ ।’
उक्त रेखा भित्रिएपछि पुनः ठूलो वर्षा हुने मौसमविद्को अनुमान छ ।
३ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया