१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

रुपन्देही प्रहरी राजमार्गका बुद्ध मुर्ति तोडफोडमाथि अनुसन्धान गर्दै



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका आकर्षक मुर्तिहरु बुधबार राति तोडफोड भएका छन् । बुटवल सुनौली सडक खण्ड ६ लेनमा बिस्तार भएको छ । तिलोत्तमाले आफ्नो नगर क्षेत्रको ६ लेन सडकमा बुद्ध मुर्ति राखेर सडकको सुन्दरता बढाउने अभियान अन्तरगत मुर्तिहरु राख्ने अभियान थालेको थियो ।

६ लेन सडक बुद्धमय बनाउने गरी डिभाइडरमा मुर्तिहरु राखिएको थियो । यहाँ राखिएका मुर्तिहरु मध्ये शंकरनगर र नया मिलवीचका मुर्तिहरु तोडफोड भएका छन् । तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले सुनियोजित रुपमा मुर्तिहरु तोडफोड भएको भन्दै यसलाई गम्भीर रुपमा लिएको बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) हृदय थापाले घट्ना थाहा पाए लगत्तै अनुसन्धान अगाडि बढाएको बताए । त्यस क्षेत्रका सिसिटिभिले खिचेको दृष्य हेर्ने देखि विभिन्न कोणबाट अनुसन्धान थालिएको उनले बताए ।

तिलोत्तमाका सडकमा ३ फुटको आसन र ३ फुटको मुर्ति राखिएका थिए । मुर्तिहरु नजिक नजिकको दूरीमा राखिएको थियो । यस किसिमका मुर्ति सिक्सलेन सडक डिभाइडरको २५० देखि ३०० मिटर दुरीमा राखिएको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७६ शुक्रबार ००:००  ९ : ३६ बजे