१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

नगरको प्रगति देखेर बुद्ध प्रतिमा तोडफोड : मेयर बासुदेव घिमिरे (अन्तर्वार्ता)



मायादेवी अनलाइन, कपिलवस्तु ।
तिलोत्तमा नगरपालिका रुपन्देहीका नगर प्रमुख बासुदेव घिमिरेले बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाहीको माग गर्नुभएको छ । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा र्पुयाउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर सिक्सलेन सडक डिभाइडरमा राखिएका २२ मध्ये ५ वटा बुद्ध प्रतिमामा तोडफोड भएको घटनाको भर्त्सना गर्दै नगर प्रमुख घिमिरेले कडा कारबाहीको माग गर्नुभएको हो ।
शुक्रबार विहान रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जको कार्यक्रम समय संवादसंग कुरा गर्दै घिमिरेले यो घटनाले सिंगो लुम्बिनी अशान्त बनेको बताउनुभयो । घटनापछि तत्काल नगर कार्यपालिकाको वैठक बसी बिभिन्न निर्णय गरेको भन्दै घिमिरेले ढिलोचाँडो दोषी पत्ता लगाएरै छोड्ने प्रतिवद्धता जनाउनुभयो । यस घटनाले प्रदेशको पनि ध्यानाकर्षण भएको भन्दै प्रदेश प्रहरी पनि घटनाको अनुसन्धानमा लागेको उहाँले संवादमा बताउनु भयो ।
धार्मिक सम्प्रदायमा खलल पुर्याउन घटना घटाइएको भन्दै सामाजिक संजालमा चौतर्फी आलोचना भइरहेको अवस्थामा मेयर घिमिरले त्यो ध्येयले घटना नभएको भन्दै नगरपालिकासंग नजिक भएका मान्छेले विकासमा बाधा सिर्जना गर्न नियोजित ढंगबाट बुद्धका मूर्तिमाथि तोडफोड भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘घटनाको प्रकृति हेर्दा नजिकका मान्छेले घटाएको देखिन्छ । सिसिटिभी क्यामेरा जडान नभएको, प्रहरी विट भन्दा केही टाढाका मुर्तिमाथि तोडफोड भएको छ । यो नजिकका मान्छेले नै गरेको हुनुपर्छ ।” उहाँले थप्नुभयो यदि त्यसो होइन भने अन्य मूर्तिहरु पनि तोडिन सक्थे ।
नगर प्रमुख घिमिरेले नगरको विकासमा बाधा सिर्जना गर्ने यस्ता तत्वमाथि आफूहरु थप सचेत रहेको भन्दै अब छिटै महत्वपूर्ण निर्णय हुने बताउनुभयो । यो घटनाबाट आफू कत्ति पनि विचलित नभएको भन्दै बाँकी प्रतिको सुरक्षा गर्ने प्रतिवद्धता जनाउनु भयो । बाँकी १७ मुर्तिको सुरक्षाको लागि अब लगत्तै ती स्थानमा सिसिटिभी क्यामेरा जडान गर्ने, प्रहरी सतर्कता बढाउने, गर्न बाँकी काम पनि द्रुत गतिमा लैजने उहाँले उहाँले रेडियो मायादेवीलाई जानकारी दिनु भयो ।

बाँकी अडियो अन्तर्वार्ता सुन्नुहोस

 

प्रकाशित मिति : ३ श्रावण २०७६ शुक्रबार ००:००  ९ : ११ बजे