एजेन्सी ।
एन्ड्रोइड स्मार्टफोन सुरक्षाको दृष्टिले सधैँ नै जोखिममा रहने गर्छ । जसका कारण प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण कसै न कसैबाट चोरी भइरहेको विभिन्न अध्ययनहरुले देखाएका छन् । पछिल्लो समय एन्ड्रोइड स्मार्टफोन मालवेयर अर्थात भाइरसको आक्रमणमा पर्न थालेका छन् ।
सेक्युरिटी फर्म चेकपोइन्टले सार्वजनिक गरेको एक रिपोर्टले संसारका २ दशमलब ५ करोड एन्ड्रोइड फोन एजेन्ट स्मिथ मालवेयरको चपेटामा परेको दावी गरेको छ । रिपोर्टअनुसार भारतमा मात्रै यस भाइरसबाट १ दशमलब ५ करोड स्मार्टफोन प्रभावित भएको उल्लेख गरिएको छ ।
यो भाइरस प्रयोगकर्ताले पनि थाहै नपाई स्मार्टफोनमा प्रवेश गर्ने बताइएको छ । विशेष गरी गुगलसँग सम्बन्धित एपको माध्यमबाट यो भाइरस पत्तै नपाई स्मार्टफोनमा प्रवेश गर्ने गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।
यो भाइरसले प्रयोगकर्ताको फोनमा अगाडि नै रहेको एपलाई भाइरस भएको एपमा परिवर्तन गर्ने गर्दछ । मालवेयर भाइरसबाट भारतका साथै पाकिस्तान, बंगलादेश, बेलायत, अस्टेलिया र अमेरिकाका स्मार्टफोन प्रयोगकर्ता प्रभावित भएका छन् ।
प्रतिक्रिया