काठमाडौँ ।
नेपाल टेलिभिजनलाई लाखौँको घाटा र भिक्षु आनी छोइङ डोल्मालाई विवादमा घसेटेको ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रमको अवशान भएको छ । बुधबार मात्र श्रावण सोल्टी होटलमा प्रधानमन्त्री केपी शर्मा ओली उनको मन्त्रीमण्डलका सदस्य र उच्चपदस्थ निजामती तथा सुरक्षा निकाय पदाधिकारीसँगै सत्ताधारी पार्टीसँग विभिन्न हैसियतमा निकट रहेका आमन्त्रितहरुको उपस्थितिमा भव्यताका साथ मनाइएको ‘वर्षगाँठ’ कार्यक्रमको बिदाई पनि थियो भन्ने कमैलाई अनुमान थियो ।
पार्टी कार्यकर्ता तथा प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका निकट मानिने मनोज पाण्डेको संस्था ‘कथा नेपाल’ बाट सञ्चालित उक्त कार्यक्रमले नेपाल टेलिभिजनलाई उसको समय बापत रकम नतिरेको र आफू खुशी विज्ञापन संकलन गरेको आरोप सञ्चारमाध्यममा आइरहेका थिए ।
पहिलो कार्यक्रममा प्रधानमन्त्री ओलीको ‘तुइन’ विस्थापनको घोषणामा आधारित थियो । ‘रेकर्डेड’ कार्यक्रममा भिक्षु आनी छोइङ डोल्माले उक्त पवित्र कार्यक्रममा सांकेतिक सहयोगका रुपमा रु। एक करोडको चेक हस्तान्तरण गरेकी थिइन् ।
राष्ट्र बैंकले अहिले बाहिरबाट उनको नाममा आएको करिब १८ लाख डलर रोक्का गरेको छ । पाण्डेको संस्थाले अब लेखापढी डट कम नामक अनलाइन सुरु गर्ने बुझिएको छ ।
प्रतिक्रिया