बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मुख्य सडकमा राखेका बुद्धका आकर्षक मुर्तिहरु बुधबार राति तोडफोड भएका छन् । लुम्बिनीको पर्यटन प्रर्वद्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी भ्रमण वर्षको अवसर पारेर तिलोत्तमाले सिक्सलेन सडक डिभाइडरमा बुद्ध मुर्ति राखेको थियोे । यहा राखिएका २२ वटा मुर्तिमध्ये गएराती ५ वटा तोडफोड भएका छन् ।
बुटवल सुनौली सडक खण्ड ६ लेनमा बिस्तार भएको छ । तिलोत्तमाले आफ्नो नगर क्षेत्रको ६ लेन सडकमा बुद्ध मुर्ति राखेर सडकको सुन्दरता बढाउने अभियान अन्तरगत मुर्तिहरु राख्ने अभियान थालेको थियो ।
६ लेन सडक बुद्धमय बनाउने गरी डिभाइडरमा मुर्तिहरु राखिएको थियो । यहा राखिएका मुर्तिहरु मध्ये शंकरनगर र नया मिलवीचका मुर्तिहरु तोडफोड भएका छन् । तिलोत्तमाका नगर प्रमुख वासुदेव घिमिरेले सुनियोजित रुपमा मुर्तिहरु तोडफोड भएको भन्दै यसलाई गम्भीर रुपमा लिएको बताए ।
‘१ सय १० किलो तौलका मुर्ति सजिलै तोडफोड गर्न सक्ने अवस्थाका थिएनन् । समूहमा आएका ब्यक्तिहरुले नै तोडफोड गरेको अनुमान गरेका छौँ’, नगरप्रमुख घिमिरेले भने, ‘ घनले हानेर मुर्ति फोरेजस्तो देखिन्छ ।’ नगरपालिकाले मुर्ति तोडफोड भएको थाहा पाए लगत्तै प्रहरी प्रशासनलाई खबर गरी गंभिर रुपमा अनुसन्धान अगाडि बढाउन अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ९एसपी० हृदय थापाले घट्ना थाहा पाए लगत्तै अनुसन्धान अगाडि बढाएको बताए । त्यस क्षेत्रका सिसिटिभिले खिचेको दृष्य हेर्ने देखि विभिन्न कोणबाट अनुसन्धान थालिएको उनले बताए । तिलोत्तमाका सडकमा ३ फुटको आसन र ३ फुटको मुर्ति राखिएका थिए । मुर्तिहरु नजिक नजिकको दूरीमा राखिएको थियो । यस किसिमका मुर्ति सिक्सलेन सडक डिभाइडरको २५० देखि ३०० मिटर दुरीमा राखिएको छ ।
सिक्सलेनमा हरियाली प्रवद्र्धन र नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटकलाई आकर्षित गर्न सडकमा बुद्धमुर्ति राखेको थियो ।
२ श्रावण २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया