१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

अब्यवहारिक प्रावधान खारेज गर्न संघको माग



मायादेवी अनलाइन, तौलिहवा ।

चालु आर्थिक बर्ष देखि सरकारले लागु गरेको नीति, नियम, ऐन कानुन उपभोक्ता र ब्यापारी दुबैलाई अब्यवहारिक रहेको भन्दै तौलिहवा उद्योग बाणिज्य संघले त्यसको खारेजीको माग गरेको छ ।

प्रअिज गजेन्द्र बहादुर श्रैष्ठ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै सो माग गरिएको हो । अध्यक्ष गयादीन कुर्मीले बुझाएको ज्ञापन पत्रमा एक हजार बढी ज्यालाको भुक्तानी गर्नु परेमा पान नम्बरमा दिनु पने प्रावधान, भेकल र कनसाइनमेन्ट ट्रेकिङ सिस्टम अब्यवहारिक रहेको जनाईएको छ ।

यस्तै ढुवानीमा लगाईएको मुुल्य अभिबृद्धि कर, न्युनतम आधारभुत खाद्य बस्तुमा लगाइएको मुल्य अभिबृद्धिकर र अग्रीम कर, ज्यालादारी कामदारमाथी लगाईएको पान नम्बर समेत ब्यवहारिक नभएको बताईएको छ ।

यस्तै बैंक ब्याजदार ७ देखि ९ प्रतिशत हुनु पर्ने, बैंक खाता मार्फत पारिश्रमिक भुक्तानी गर्न संभव नभएको, साना उद्योगको नबिकरणको म्याद नाघेकालाई नविककरणको ब्यवस्था मिलाउनु पनैृ डिजल र पेट्रोलमा भ्याट मिन्हाको पुरानो ब्यवस्था कायम गरिनु पर्ने माग गरिएको छ ।

पर्याप्त जानकारी र छलफल बिना लागु गरिएको बिभिन्न प्रावधानले ब्यापारीहरु ठुलो समस्यामा पर्ने भएकाले अब्यवहारिक कुराहरु खारेज गर्नु पर्ने अध्यक्ष कुर्मीले बताए । आफुहरुको माग सुनुवाई नभए कडा आन्दोलन गर्र्न बाध्य हुने चेतावनी समेत दिईएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६ बिहिबार ००:००  ९ : १२ बजे