१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

देशभर मनसुनी गतिविधि कमजोर, पानी पर्ला कि नपर्ला ?



काठमाडौं ।
मनसुनी न्यूनचापीय रेखा नेपालको तराई भू–भागबाट दक्षिणतर्फ सरेकाले देशभर मनसुनी गतिविधि कमजोर भएको छ ।
न्यूनचापीय रेखा (वर्षा गराउने वायु) दक्षिण सरेकाले अबको केही दिन भारी तथा अबिरल वर्षाको सम्भावना नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविदका अनुसार केहीबेर पानी पर्ने र रोकिने हुन्छ अबको केही दिन । सेप्टेम्बरको तेस्रो हप्तासम्म मनसुनको समय भएकाले हल्कादेखि मध्यम वर्षा भइरहन्छ ।
बिहीबार देशैभरि आंशिकदेखि सामान्य बदली रही देशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल पूर्व र मध्य क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको र हल्कादेखि मध्यम वर्षा भरहेको जनाइएको छ । पश्चिमका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली भएको छ ।
केही ठाउँमा हुने भारी वर्षाका कारणले गर्दा देशको पहाडी भू–भागमा पहिरो जानसक्ने तथा तराईमा बग्ने नदीमा जलको बहाव र स्तर हल्का बढ्नसक्ने सम्भावना रहेको बताइएको छ ।
यसका साथै, हवाई तथा सडक यातायातमासमेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउनसक्ने भएकाले महाशाखाले सतर्कता अपाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७६ बिहिबार ००:००  ९ : ०५ बजे