१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

ब्यापार संघ कपिलबस्तुले बुझायो सरकारलाई ज्ञापन पत्र



गीता पौडेल, वाणगंगा । 

ब्यापार संघ कपिलबस्तुले इलाका प्रशासन कार्यालय चन्द्रौटा मार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सरकारले सामान ओसार–पोसार गर्दा लाग्ने ढुवानी करमा लगाइको १३ प्रतिशत कर अब्यबहारिक भएको, एक हजार भन्दा माथिको ज्याला भुक्तानी गर्दा पाना नम्बर अब्यबहारिक भएको, एक हजार भन्दा बढीको सामान खरिद गर्दा पाना नम्बर अनाबश्यक झनझट भएको, बैंक खाता मार्फत पारिश्रमिक तत्कार सम्भव नदेखिएको र भि.सि.टी.एस लामो दुरी ग्रामिण पहाडी क्षेत्रका लागि लागु गर्न अब्यबहारिक देखिएकाले तत्काल खारेज गर्न सरकारलाई दबाब दिंदै इलाका प्रशासन कार्यलय चन्द्रौटा मार्फत केन्द्रिय सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

ज्ञापन पत्र बुझाउँदै ब्यपार संघ कपिलबस्तुका अध्यक्ष महादेब पोखरेलले ब्यापार संघ कपिलबस्तुले बिगत देखि नै ब्यापार तथा सर्बसाधारणको हक हितका लागि काम गर्दै आएको बताउँदै सरकारले तत्काल तय गरेका कर खारेज गरि अन्य रचनात्मक जनतामुखी प्राबधानहरु ल्याउनुपर्ने बताएका छन ।

ज्ञापन पत्र लिंदै इलाका प्रासन कार्यालय चन्द्रौटाका प्रमुख विजयराज पौडेलले भोली सम्म सम्बन्धित ठाउँमा पठाउने प्रतिबद्धता गरेका छन् । ज्ञापनपत्र बुझाउन ब्यापार संघ कपिलबस्तुका महासचिब जगत पौडेल, उपाध्यक्ष अर्जुन सापकोटा, बुझदै, सचिव गोपाल बन्जाडे लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७६ बुधबार ००:००  १० : ५६ बजे