काठमाडौं ।
असार २६ गतेदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ । गृहमन्त्रालका अनुसार बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाउनेको संख्या बुधबार बेलुका छ बजेसम्म ८८ पुगेको हो ।
त्यसैगरी ३१ जना अझै बेपत्ता भएको जनाइएको छ । उपचाररत ४१ जना घाइतेमध्ये ३० जनाको उपचारपछि फिर्ता पठाइएको छ भने ११ जनाको अझै उपचार भइरहेको छ ।
बाढी, पहिरो तथा डुबान प्रभावित क्षेत्रमा अहिले राहत तथा उद्धारको काम तीव्र पारिएको गृह मन्त्रालयले जनाएको छ ।
१ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया