१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

जनकवि केशरी धर्मराज थापाको ९५ औं जन्मोत्सव कपिलधाममा मनाइयो



बाबुराम रायमाझी, भलवाड ।
कपिल प्रज्ञा पुस्तकालय कपिलधामको आयोजनामा जनकविकेशरी धर्मराज थापाको ९५औं जन्मोत्सव बाणगंगा ९ अवस्थित साहित्य चौतारी कपिलधाममा एक भब्य समारोहका वीच सम्पन्न भएको छ । जनकविकेशरी धर्मराज—सावित्री थापा प्रतिष्ठान काठमाण्डौंले २०७४ सालमा थापाको शालिक स्थापित गरी हरेक साल निरन्तर रुपमा जन्मोत्सव मनाउँदै आएको छ ।
कार्यक्रममा पतञ्जली योग समिति कपिलवस्तुका संरक्षक तथा संस्थापक एवम् कार्यक्रमका प्रमुख अतिथी आत्माराम आचार्यले जनकवि केशरी धर्मराज थापाको जिवनीको बारेमा चर्चा गर्दै उहाँ जस्ता महान व्यक्तिको सम्मान गर्न पाउनु यो एउटा जिल्लाको गर्वको कुरा भएको भन्दै उहाँको बाटोको अनुशरण गनुपर्ने भन्दै कविता वाचन गर्नु भएको थियो
कपिल आरोग्य मन्दिर कपिलधामका अध्यक्ष शंकर प्रसाद आचार्यले नेपाल देशमा प्रत्येक युवाहरुको मन जित्न सफल भई लोक भाकामा डाँडाकाडाँ पानी पँधेरोमा उहाँको गीत, कविता लोकप्रिय भएका राष्ट्रका यस्ता गहना महत्वपूर्ण व्यक्तिहरुलाई हामीले समय समयमा सम्झनु पर्ने कुरा बताउनु भयो ।
पतञ्जली योग समितिका योग शिक्षक पुनाराम गिरीले जनकविकेशरी धर्मराज थापाले गाउने लोक भाका ‘धुरु धुरु नरोऊ आमा, तिमा्रे आँसु पुछेरै छाडौंला’, ‘हरियो डाँडा माथि हलो जोत्ने साथी, हो हो माले हो हो, हो हो तारे हो हो ।’ भन्ने गीत गाएर कार्यक्रमलाई रोचक बनाउनुभएको थियो ।
कार्यक्रममा पत्रकार बाबुराम रायमाझी, राजेन्द्र खनाल, कपिल प्रज्ञा पुस्तकालय कपिलधामका अध्यक्ष ईन्द्र बहादुर कोईराला, उपाध्यक्ष बिनिराम पौडेल, सचिव दुर्गा प्रसाद पौडेल लगायले आ आफ्नो धारणा राख्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।
कृषि प्रधान देश नेपालमा हलो क्रान्तिका अभियान्ता जनकविकेशरी धर्मराज थापाको प्रतिमा अनावरण कार्य लुम्विनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीबाट सम्पन्न गरिएको कपिल प्रज्ञा पुस्तकालय कपिलधामले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६ बुधबार ००:००  २ : ५२ बजे