काठमाडौं ।
अविरल वर्षापछि आएको बाढीलाई भारतीयपक्षले बाँध थुनेर छेकिदिँदा डुबानमा परेको रौतहतको अवस्था बुझ्न सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चारजना मन्त्रीसहित बुधबार गृहजिलला पुगेका छन्।
हेलिकोप्टर लिएर नेपालसँगै रौतहट र प्रदेश २ मा बाढीले गराएको क्षतिको अनुगमन र निरीक्षणका लागि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालसँगै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, गृह मन्त्री रामबहादुर थापा, ऊर्जा तथा सिँचाइ मन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ बुधबार गौर गएका हुन्। गत शुक्रबारदेखिको वर्षाका कारण शनिबारबाट डुबानमा परेको प्रदेश २ मा पुग्न संघीय सरकारका मन्त्रीहरुलाई ६ दिन लागेको हो। प्रदेश २ मा बाढीबाट ३२ जनाको मृत्यु भएको छ। डुबानबाट रौतहटमा मात्रै ज्यान गुमाउनेको संख्या १० भन्दा धेरै छ। महोत्तरीमा ६ जनाको मृत्यु भएको छ । सिरहा र धनुषामा ५(५ जना, पर्सामा ३, बारामा २ र सर्लाहीमा १ जनाको मृत्यु भएको छ।
डुबानको अवलोकनमा पुगेको सरकारी टोलीमा संसदको विकास समिति सभापति कल्याणी खडका र नेकपा सांसद प्रभु साह पनि छन्। रौतहटमा बागमती र बकैया नदीको बाढी बस्तीमा छिरेको थियो। त्यससँगै सीमामा भारतीय पक्षले समयमा बाँध नखोलिदिँदा नेपालको ठूलो क्षेत्र डुबेको हो। भारतले बैरगनियास्थित बाँधको ढोका नखोलेपछि सदरमुकाम गौर अझै जलमग्न छ।
१ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया