१३ मंसिर २०८१, बिहिबार | Thu Nov 28 2024

बौद्ध धर्मावलम्बीको वर्षावास शुरु



रुपन्देही ।
बौद्ध धर्मावलम्बीको पर्व वर्षावास मंगलबारदेखि शुरु भएको छ । प्रत्येक असारको पूर्णिमादेखि असोज पूर्णिमा तीन महीनासम्म थेरवाद भिक्षुहरू वर्षावास बस्ने परम्परा छ ।
वर्षाको कारण चारैतिर पानी पर्ने, जमीन भित्रका जीवहरु र किराहरु जमीन बाहिर निस्कने हुँदा बाहिर हिँडडुल गर्न र भिक्षाटन गर्न समस्या हुने भएकाले भिक्षु तथा गुरुआमाहरु वर्षावास बस्ने गर्दछन् । बुद्ध जन्मस्थल लुम्बिनीमा पनि विभिन्न बिहारहरुमा भिक्षुहरु वर्षावास बसेका छन् ।

लुम्बिनीको राजकीय बुद्ध बिहारमा भिक्षुहरु सागर धम्म, विमल धम्म र मिलिन्द वर्षावासमा बस्नुभएको छ । बिहारमा धार्मिक कार्यक्रमको आयोजना गरी उनीहरु वर्षावास बसेका हुन् ।

भिक्षु सागर धम्मका अनुसार भिक्षु जीवनमा वर्षावासको निकै महत्व छ । भगवान् बुद्धले प्रतिपादन गर्नुभएको २२७ नियम विनियममध्ये वर्षावास पनि एक हो । बौद्ध परिब्राजक भिक्षुहरू कतै नगई एकै स्थान वा बिहारमा अधिष्ठान गरी बस्ने परम्परालाई वर्षावासको संज्ञा दिइएको छ । यो परम्परा बुद्धकालीन समयदेखि नै चलिआएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७६ बुधबार ००:००  ७ : १५ बजे