मायादेवी अनलाइन, तौलिहवा ।
तिलौराकोटमा २५ सय ३४ बर्ष पहिले सिद्धार्थ गौतम बुद्धले गृहत्याग गरेको झल्को दिने गरी महाअभिनिष्कर्मण पर्व मनाईएको छ । असार पूर्णिमाका दिन मंगलवार बुद्धका पिता राजा शुद्धोदनको दरबारको पूर्वीद्धारमा प्राचिन कुराको स्मरण गर्दै त्यही दोहराईएको हो । बुद्ध २९ बर्षको हुँदा गृह त्याग गरेको थिए ।
मानव जाति दुःख हुने कारण खोज्दै बुद्धले राजसी जीवन त्यागेका थिए । आफ्ना सारथी छन्न र घोडा कन्थक सहीत बुद्ध तिलौराकोटको पूर्वीद्धार हुँदै गृह त्याग ( महाअभिनिष्कर्मण) गरेको भिक्षुहरु बताउँछन । मंगलवार भिक्षु मैत्रेय, ओलम्पीयन बैकुण्ठ मानन्धर सहीत ५ जना घोठामा चढेर पूर्वीद्धारा हँदै बाहिरिएका थिए ।
भिक्षु मैत्रेयका अनुसार गृह त्याग पछि बुद्ध भारतको अनोमा नदीमा पुगेर सारथी र घोडालाई फर्काएका थिए । त्यस पछि उनी बुद्धत्व प्राप्त गर्ने अभियानमा लागेका थिए । ‘बुद्धको यो गृह त्याग गरेको कालखण्डको अझै प्रचार हुन् सकेको छैन, यो कार्यक्रमले केही भए पनि जानकारी पाउने छन्’ भिक्षु मैत्रेयले भने ।
इतिहासको पानामा सीमित रहेको बुद्धको जीवनको यो कालखण्डलाई जीवन्त बनाउन कार्यक्रमले मद्धच मिल्ने लुम्बिनी विकास कोषका पर्यटन दुत बिक्रम पाढे काजी बताउँछन । ‘महाअभिनिष्कर्मण के हो र यो बुद्ध दर्शन मान्नेहरुको लागि किन महत्वपुर्ण छ भन्ने प्रचार गर्न सके लुम्बिनी र तिलौराकोटलाई जोडर पर्यटकीय गतिबिधि गर्न सकिन्छ ’ उनले भने । ‘आज तिलौराकोेटमा गरिएको कार्यक्रम सानो भए पनि सुषुप्त अवस्थामा रहेको सिद्धार्थ गौतम बुद्धको कालखण्डलाई ब्युताउन यसले मद्दत गर्ने उनी बताउँछन ।
उनले आफुहरुको कार्यक्रम भारतको बौध गया पुग्ने कार्यक्रम रहे पनि बाढीले गर्दा जान नसकेको उनले बताए । यो पर्वलाई आध्यात्मिक पर्वका रुपमा विकासत गर्नु पर्ने ओलम्पीयन बैकुण्ठ मान्नन्धरले बताए । पर्यटन ब्यावसायी नवराज घिमिरेले यो कार्यक्रमलाई निरन्तरता दिनु पर्ने बताए ।
यसले यस क्षेत्रका बासीहरुको आर्थिक लाभ हासिल गर्न मद्दत मिल्ने उनले बिश्वास ब्यक्त गरे । कार्यक्रमले सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष २०२०, प्रदेश ५ र सिंगो देशलाई नै आध्यात्मिक प्रोडक्ट विकास संगै मद्दत मिल्ने उनले बताए ।
सो अवसरमा लुम्बिनी बिकास कोषका काषाध्यक्ष सुरेन्द्रमुनी शाक्य, सदस्य राजेश ज्ञवालीले प्राचिन कपिलवस्तुमा गरिएका नौला कार्यक्रमले यस क्षेत्रको प्रचार-प्रसार र विकासमा मद्दम मिल्ने बताए ।
प्रतिक्रिया