मायादेवी अनलाइन, वाणगंगा ।
कपिलवस्तु साझेदारी वन व्यवस्थापन समिति सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ वाट सम्मानित भएको छ । वन तथा वातावरण मन्त्रालय वन तथा भु–सरंक्षण विभागले उक्त सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कार २०७५।०७६ बाट सम्मानित गरिएको हो ।
साझेदारी वनको संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता सरंक्षण एवम् गरिवी न्युनिकरणमा योगदान पुर्याएकोले नगद रु ५५ हजार ५ सय पचपन्न सहित सर्वाेत्कृष्ट साझेदारी वन राष्ट्रिय पुरस्कारबाटसम्मानित गरिएको हो ।
२ बर्ष अघि जिल्लाकै तिलौराकोट साझेदारी वनले यो पुरस्कार पाएको थियो । स्वर्गीय गणेशमान सामुदायिक कन वन राष्ट्रिय पुरस्कार बितरण सामारोहमा काठमाण्डौमा राखिएको कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको थियो । वन तथा वातावरण मन्त्री शक्ती बहादुर बस्नेतले साझेदारी वनका अध्यक्ष गंगेश तिवारीलाई कदर पत्र र नगदले सम्मानित गरेका थिए ।
५ हजार ८५ हेक्टरमा फैलिएको वनमा गत बर्ष १ सय ७० हेक्टर अतिक्रमित क्षेत्र खाली गराई बिक्षरोपण गरिएको अध्यक्ष तिवारीले बताए । आफनो सझेदारीले पुरस्कार पाएकोमा कपिलवस्तु कै शान बढेको भन्दै उनल वनको विकासमा अझै लागि पर्ने बताए ।
यस्तै साझेदारी वनको संरक्षण, सम्बद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता सरंक्षण एवम् गरिवी न्युनिकरणमा योगदान पुर्याएकोले डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्धका वन अधिकृत दुर्गा बहादुर कार्की समेत सम्मानित भएका छन । वन अधिकृत दुर्गा बहादुर कार्कीलाई वन तथा वातावरण बस्नेतले सम्मानित गरेका थिए ।
१ श्रावण २०७६ बुधबार ००:००
0
Shares
प्रतिक्रिया